काठमाडौँ, १२ फागुन(ओएनएस) : च्याम्पियन्स लिगको गयराती सम्पन्न खेलमा बार्सिलोनाले आर्सनललाई पराजित गरेको छ ।
राउण्ड अफ १६ को खेलमा बार्सिलोनाले आर्सनललाई २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउनका लागि दुवै गोल मेसीले गरेका हुन् । आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलमा मेसीले खेलको ७१ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ८३ औँ मिनेटमा मेसीलाई डिबक्सभित्र म्याथु फल्मिनीले फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै मेसीले थप एक गोल गरे खेललाई २-० को स्थितिमा पुर्याए ।
आर्सनलले पनि केही राम्रा प्रहार गरेको थियो तर उसका प्रयासहरू असफल हुन पुग्यो । पराजयपछि आर्सनलको च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिने सम्भावना बढेको छ । अबको खेलमा आर्सनलले बार्सिलोनाको घरेलु मैदानमा खेल्नेछ ।
यस्तै, गयराती नै सम्पन्न खेलमा बायर्न म्युनिख र जुभेन्टसले २-२ गोलको बराबरी खेलेका थिए ।