श्रीकृष्णको शव आइपुग्दा …

471
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) :  श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान ल्याइए लगत्तै शुभेच्छुकहरूको अत्याधिक भीडले गर्दा पशुपति आर्यघाट तर्फ लगिएको छ।
विमानस्थलबाट तीनकुने, नयाँ वानेश्वर, माइतीघर, शहीदगेट, रानीपोखरी हुँदै प्रज्ञाभवन आइपुगेको उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भेला भएका शुभेच्छुकको भीड थाम्न नसकेर सिधै आर्यघाट तर्फ लगिएको हो। शव विमान स्थलमा पुग्दा कलाकार र हजारौं शुभेच्छुक त्यहाँ पुगेका छन् । उनको शवयात्रामा हजारौं सहभागी छन् । shreekrishana

उनको पार्थिव शरीरलाई एयरपोर्टबाट तिनकुने, नयाँबानेश्वर माइतिघर हुँदै प्रज्ञा प्रतिष्ठान कमलादी पुर्‍याइएको थियो ।
उनको पार्थिव शरीर ल्याउने खबर पाएपछि कलाकारदेखि शुभचिन्तक विमानस्थल पुगेका थिए । समर्थकहरुलाई प्रहरीले मुल गेटमा रोकेको थियो ।
उनको शवयात्रामा हजारौं सहभागी भएका छन् । उनको पार्थिव शरीरलाई गाडीमा राखिएको छ । शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएको छ ।
श्रीकृष्ण पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिनेछ । जहाँ अहिले सायौं समर्थक पुगिसकेका छन् । उनलाई श्रद्धान्जली दिन सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रज्ञा भवन पुगेका छन् । श्रेष्ठको आजै सरकारी सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । गृह मन्त्रालयले श्रेष्ठको अन्त्येष्टिमा १० प्रहरीले सलामी दिनेछ ।
श्रेष्ठको शनिबार राति दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको थियो ।

शबयात्रा सहित सरकारी सम्मानका साथ श्रीकृष्णको अन्तेष्टि गरिदै


  •  
  •  
  •