बहुमुल्य मुगाकाे काराेबार गर्ने विदेशी नागरीकसहित एक गिरहाे हाेटलबाटै पक्राउ

92
  •  
  •  
  •  

काठमाडौं,२७ साउन (ओएनएस) : बहुमुल्य मुगाको मालाकाे काराेबार गर्ने विदेशी नागरीकसहितकाे एक गिरहाेलार्इ प्रहरीले हाेटलबाटै पक्राउ गरेकाे छ। गिरहाेमा संलग्न यमन एक नागरीक र दुर्इ नेपालीलार्इ प्रहरीले विशेष सूचनाकाे अाधारमा पक्राउ गरेकाे हाे।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले ठमेलको एक होटेलबाट उनीहरुलाई रंगेहात प्रकाउ गरेकाे परिसरका डीएसपी माेहन थापाले बताए।

उनका अनुसार पक्राउ पर्नेमा बौद्धका ग्याल्पो तामाङ , नविन चौलागाई र यमन नागरीक महमद याया असिद रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ८ किलो अवैध मुगाको मालासमेत बरामद गरेको परिसरका डिएसपी थापाले बताए। यमन नागरिक असिद तीनदिन अगाडि कतार एयर लाइन्सको विमान मात्र नेपाल आएको देखिएको छ। उनी बहुमुल्य मुगाको कारोवारी रहेको देखिएको हो। यमनमा मुगाको कारोवार अवैध मानिन्छ।

अफ्रिका र यमनमा पाइने मुगा उनले नेपाल, थाइल्यान्ड, चीन लगायतका देशमा अवैध बिक्री गर्ने गरेको खुलेको हो। प्रहरीले बरामद गरेको मुगाको माला बजार मूल्य २ करोड रुपैयाँभन्दा बढी पर्न आउँछ। मुगाको प्रयोग बहुमुल्य गहनामा हुने गर्छ।


  •  
  •  
  •