मनोज पुनका सहयाेगी एमाले–माओवादीका कार्यकर्ता, रुपन्देहीबाट ५ जना पक्राउ

324
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : प्रहरी इन्काउन्टरमा केही समय अगाडि मारिएका गुण्डा नाइके मनोज पुनका विशेष सहयोगीका रुपमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता नै रहेको खुलासा भएको छ ।

विशेष सूचनाकाे अाधारमा पुनका ५ जना विशेष सहयोगीलार्इ प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बुटवल–७ शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का र स्याङजा पुतलीबजार–४ घर भई हाल बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठ छन् ।

एक प्रहरीले नाम नखुलाउने शर्तमा पक्राउ परेकाहरु एमाले र माओवादी कार्यकर्ता नै रहेको बताए ।

उनीहरूलाई पक्राउ गरेसँगै ‘डन’ मनोज पुनलाई सघाउनेमा राजनीतिक दलका नेता/कार्यकता र व्यवसायीहरु नैं रहेको प्रहरीले जनाएकाे छ।

पक्राउ परेका आचार्य युवा संघका पूर्व नेता हुन् लेखनाथ माओवादी केन्द्रका नेता हुन । त्यस्तै। श्रेष्ठ मदिरा उद्योगी हुन् । श्रेष्ठको मोहनी हाइजिन नाम गरेको उद्योग छ ।

इलाका प्रहरी कार्यालय, बुटवलमा बुधबार उनीहरूलाई सार्वजनिक गर्दै रूपन्देहीका प्रहरी प्रमुख (एसपी) श्याम ज्ञवालीले गुण्डा नाइके मनोज पुनको विशेष सहयोगीको रूपमा काम गरेको प्रमाण फेला परेपछि उनीहरू पाँचै जनालाई रूपन्देहीबाट पक्राउ गरिएको बताए ।


  •  
  •  
  •