अनलाइन मार्केटिङको नाममा ठगी गरेको आरोपमा दुर्इ विदेशी पक्राउ

212
  •  
  •  
  •  

काठमाडौं, १२ चैत (अाेएनएस): अवैध रुपमा अनलाइन मार्केटिङ गरिरहेका दुर्इ विदेशीलार्इ प्रहरीले पक्राउ गरेकाे छ। अनलाइन बिजनेशका नाममा ठग्ने बंगलादेशी र भारतीय नागरिकलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

विगत ६ महिनादेखि नेपालमा अनलाइन मार्केटिङको नाममा ठगी गरेको विशेष सूचनाकाे अाधारमा उनीहरुलार्इ पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता माेहन थापाले बताए। पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेस शर्मा रहेका छन्।

फोरेक्स इन्टरनेशनल अनलाइन मनि मार्केटका नाममा उनीहरुले पैसा उठाएर ठगी गरेकाे प्रहरीकाे प्ररम्भीक अनुसन्धानबाट खुलेकाे हाे। ग्यारेन्टी नाफा हुँने भन्दै पैसा लगाउन लाउने र पछि पैसा फिर्ता नदिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन्।

६० प्रतिशतसम्म नाफा हुने भनेर लगानी गर्न लगाउने र तर कारोबारको कुनै प्रमाण राख्दैन थिए। नेपालमा उनीहरुले प्रतिबन्धित नेटवर्किङ धन्दा चलाएको डिएसपी थापाले बताए।


  •  
  •  
  •