काठमाडौं, १० कात्तिक(ओएनएस): पोखरा विश्वविद्यालयको रकम हिनामिना गरेको आरोपमा सो विश्वविद्यालयका उपकुलपतिसहित २३ पदाधिकारीलाई पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उपकुलपति खगेन्द्रप्रसाद भट्टराई सहित अन्यलाई विश्वविद्यालयको रकम हिनामिना गरेको भन्दै पक्राउ गरेको हो ।
साथै उनीहरुले आफुविरुद्वको प्रमाण लोप वा नास गर्ने तथा आयोगको कामकारवाहीमा बाधा पु¥याउन सक्ने भन्दै आयोग ऐन २०४८ दफा १६(१) बमोजिम उनीहरुलाई हिरासतमा राखिएको छ ।
सो कार्यमा संलग्नता देखिएका इन्जिनियर सुरेश बराल हाल फरार रहेकोमा निजको खोजी कार्य भइरहेको आयोगले जानकरी दिएको छ ।