घुस लिँदै गर्दा शाखा अधिकृतसहित तीन कर्मचारी पक्राउ

149
  •  
  •  
  •  

akhtiyar aayog
काठमाडौं, २२ भदौ (ओएनएस) : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शाखा अधिकृतसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीलाई आज विहानै पक्राउ गरेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई अख्तियारको टोलीले पाँच लाख रुपैयाँ घुससहित भक्तपुरको एक क्याफेबाट पक्राउ गरेको हो ।

ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेसम्म पुगेको थियो । पक्राउ परेका तीनै जनालाई अख्तियारको हिरासतमा राखी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •