आठ लाखसहित बीसजना जुवाडे पक्राउ  

82
  •  
  •  
  •  

विराटनगर, १५ भदौ : मोरङमा ८ लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् । पथरी नगरपालिका–५ बाट पक्राउमा परेका २० जुवाडेसहित उनीहरुको साथबाट बरामद गरिएको रकमलगायतका सामान आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले जुवाको खालबाट नगद सात लाख ६८ हजार ७९९, मोबाइल फोन २३ थान, खाल एक थान, तीन बुक तासका साथै को१च ७३२४ नम्बरको स्कोरपियो गाडीसमेत बरामद गरिएको जानकारी गराएको छ । प्रहरी उपरीक्षक विश्वराज पोखरेलले विशेष सुराकीको आधारमा जगतबहादुर राईको घरमा जुवा तास खेलिरहेको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालको कमाण्डमा खटिएका टोलीले एक महिलासहित २० जना जुवाडेलाई पक्राउ गरिएको बताए ।

उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारबाहीस्वरुप आइतबारै म्याद थप गरेर जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको छ । सो ऐनअनुसा ५०० जरिवाना गर्ने प्रावधान रहेको छ ।


  •  
  •  
  •