बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाविरूद्ध पक्राउ आदेश

289
  •  
  •  
  •  

khaleda-ziaकाठमाडौ, १३ फागुन(एजेन्सी) : बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाविरूद्ध एक स्थानीय अदालतले बुधबार पक्राउको आदेश जारी गरेको छ । अदालतले देशको भ्रष्टाचार विरोधी एकाईको तर्फबाट जियाविरूद्ध दायर गरिएको दुईवटा मुद्धाका विषयमा उनको जमानत रद्ध गर्दै पक्राउको आदेश दिएको हो ।

समाचारहरुमा जनाइए अनुसार जिया अनाथालय ट्रस्ट र जिया च्यारिटेबल ट्रस्टमा भ्रष्टाचारको मामलामा सुनवाईका दौरान बुधबार अदालतमा उपस्थित नभएपछि ढाकाको विशेष महानगर दण्डाधिकारीको अदालतले उनको जमानत रद्ध गरेको हो ।


  •  
  •  
  •