१८ वर्षीय युवती अपहरणको आरोपमा ५ जना पक्राउ

275
  •  
  •  
  •  

२२ फागुन-  एक १८ वर्षीया युवती अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

हरिनगर गाउँपालिका २ का नजिम साफी, सोही स्थानका शमसाद अन्सारी, अकबर साफी, आलम साफी र इटहरी उपमहानगरपालिका–९ का विशाल राई पक्राउ परेका हुन् । युवतीका आफन्तले उनीहरूविरुद्ध अपहरणको उजुरी दिएका थिए ।

अपहरणकारीले पीडित पक्षलाई फिरौतीका लागि पटक–पटक दबाब दिएको खुलेको छ । हरिनगर गाउँपालिका १ बाट बेपत्ता ती युवती अहिलेसम्म फेला परेकी छैनन् । उनलाई सोही स्थानका जाकिर र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर बेपत्ता पारेको आफन्तले बताएका छन्, कान्तिपुरमा खबर छ ।


  •  
  •  
  •