सीके राउत रौतहटबाट पक्राउ, लाग्याे यस्ताे मुद्दा!

335
  •  
  •  
  •  

काठमाडौं, २१ असाेज (ओएनएस) : स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । प्रहरीले उनका ३ समर्थकलार्इ समेत पक्राउ गरेकाे छ ।

जिल्ला अदालत रौतहटमा तारेख बुझाउन अाएका राउतलाई प्रहरीले अदालत बाहिरबाट पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए ।

अदालत बाहिरबाट राउत र उनका समर्थकसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीले पुष्टि गरे। उनका अनुसार राउतलाई राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने छ ।


  •  
  •  
  •