बालिकालाई भारत लैजाने क्रममा एक भारतीय नागरिक पक्राउ

312
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : ७ वर्षीय बालिकालाई भारत लैजाने क्रममा एक भारतीय नागरिकलार्इ प्रहरीकाे फन्दामा परेका छन्।

पश्चिम नवलपरासीका ती बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लागेको आरोपमा भारतीय नागरिक भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजन प्रहरीले पक्राउ गरेकाे छ। ती भारतीय नागरिकलाई सुस्ताका स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी ७ वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले ती भारतीय नागरिक हरिजनलाई नियन्त्रणमा लिएका थिए।

पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँजसो मदिरा सेवनका लागि आउने गर्थे। मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको आरोप छ।

बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानवीन थालिएको बताए।


  •  
  •  
  •