श्रीमानद्वारा श्रीमतीमाथि यस्ताे दुव्र्यवहार अाेछ्यानबाट उठ्नै नसकिने

309
  •  
  •  
  •  

काठमाडौं, १० चैत (अाेएनएस): दैलेखमा एक ४० वर्षीय ब्यक्तिले अाफ्नाे श्रीमतीमाथि यस्ताे दुव्र्यवहार गरेका छन् जसले श्रीमती अस्पताल पुगेकी छिन्।चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, चिमेगाउँमा सूर्यबहादुर राउतले श्रीमती डम्बरकुमारी राउतलाई गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएपछि उनी अस्पताल पुगेकी हुन्।

रक्सी खाएर घरमा आएका श्रीमानले अाफुलार्इ घरमा कोही नभएको मौकामा पाइपले संवेदशिल अ‌ंगमा घोचेको पीडीत डम्बरकुमारीले प्रहरीलार्इ बताएपछि सूर्यबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।

सूर्यबहादुरले डम्बरकुमारीलाई कुट्दै आगो फुक्न प्रयोग गरिने पाइपको ढुङ्ग्रीले गुप्ताङ्गमा घोचेर गम्भीर घाइते बनाएको प्रहरीले बताए।

व्यापारको सिलसिलामा अहिले भैरबी गाउँपालिका–४, गडाजिउला बस्दै आएका ४० वर्षीय सूर्यबहादुर रावतले ३६ वर्षीया श्रीमती डम्बरकुमारी रावतलाई गडाजिउलामा यातना र दुव्र्यवहार गरेको कारण कारवाहीका लागि हिरासतमा राखिएको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

स्थानीय शिक्षिका ललिता थापाको पहलमा पीडित महिलालाई घटनास्थलबाट उद्धार गरी दैलेख जिल्ला अस्पताल पुर्याइएको छ।योनीको बाहिरी सतहदेखि ४ इञ्च भित्र पाठेघरमा कडा घाउ भएको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डाक्टर निरन्जन पन्तले बताए।

रगत बग्न रोकिएको र दुखाई पनि धेरै कम भइसकेको बताए पनि पीडित महिला ओछ्यानबाट उठ्न नसकेको जनाए।


  •  
  •  
  •