विमानस्थलमा दुई किलो सुनसहित भारतीय नागरिक पक्राउ

444
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई किलो सुन सहित एक भारतीय नागरिक पक्राउ पक्राउ परेका छन्। कम्मरमा बाध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने क्रममा उनी सोमबार बिहान पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहम्मद हरिफ रहेका छन्। प्रहरी र भन्सार कार्यालयद्धारा चेकजाँचको लागि खटिएको प्रहरी टोलीले दुबईबाट लिएर आएको उक्त सुन सहित पक्राउ गरेको हो।

उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले बताए। पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्। भारतीयहरु नेपालको विमानस्थलमा पटक पटक सुनसहित पक्राउ पर्दै आएका छन्।

अन्य देश भन्दा नेपालको विमानस्थलमा चेकजाँच फितलो भएकोले पनि भारत लगायत तेस्रो मुलुकका नागरिकहरुले नेपालको विमानस्थल प्रयोग गर्ने गरेका छन्।


  •  
  •  
  •