अमेरिका पुर्याइदिने भन्दै अफ्रिकामा लगेर ६ महिना बन्धक बनाउने पक्राउ

206
  •  
  •  
  •  

काठमाडौं,३० चैत (अाेएनएस) अमेरिका पुर्याइदिने भन्दै अफ्रिकामा लगेर ६ महिना बन्धक बनाउने एक युवालार्इ प्रहरीले पक्राउ गरेकाे छ।

अफ्रिकाकाे पश्चिमी देश टोगोमा लगेर अलपत्र बनाएको आरोपमा पर्साका २७ वर्षीय सुरेन भन्ने मोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हाे।

पीडितहरुले दिएकाे उजुरीका अाधारमा केन्द्रिय अनुसन्धान ब्युराे (सिअार्इबी)द्धारा खटिएकाे प्रहरी टाेलीले श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको हो।

अमेरिका वा क्यानाडाको मल्टिपल भिषा दिलाउने र राम्रो काम लगाउने भन्दै उनको गिरोहले पीडितहरुलाई मलेसिया, सिंगापुर, इथियोपिया, नाइजेरिया, बेनिन हुँदै पीडीतहरुलार्इ टोगो पुर्याइएको थियो। श्रेष्ठले पीडीतहरु सँग प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म लिएकाे प्रहरीले जनाएकाे छ।


  •  
  •  
  •