९ वर्षदेखि फरार अभियुक्त गुरुङ पक्राउ

258
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख । ९ वर्षदेखि फरार रहेका यहाँका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मस्र्याङ्दी गाउँपालिका ४ जगत बस्ने वर्ष ३६ का मंगलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनी ९ वर्षदेखि फरार अभियुक्त हुन् ।

अभियुक्त गुरुङ २०६६ सालमा डाका चोरीको घटनामा संलग्न भएदेखि नै फरार थिए । उनी समेत ९ जना उपर जिल्ला प्रहरी कार्यालय मनाङले डाका चोरीको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय लमजुङका मुुद्धा फाँटका प्रहरी जवान दिपक गिरीले बताए ।

अभियुक्त गुरुङलाई प्रहरीले मस्र्याङ्दी ४ आफ्नै निवासबाट शनिबार स्थानीयको विशेष सुराकीमा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरुलाई पछिल्लो समय खोजिकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । अभियुक्त गुरुङले ६ वर्ष कैद र १९ लाख ४५ हजार २ सय रुपैया भुक्तान गर्नुपर्नेछ ।नयाँ पत्रिकाबाट


  •  
  •  
  •