कम्पनी रजिष्टार कार्यालयसहित दुर्इ स्थानबाट पन्ध्र जना जुवा खेल्ने पक्राउ

275
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : कम्पनी रजिष्टार कार्यालयसहित दुर्इ स्थानबाट प्रहरीले पन्ध्र जनालार्इ जुवा खेल्दै गरेकाे अवस्थामा पक्राउ गरेकाे छ।
महनगरी प्रहरी वृत्त कालिमाटीद्धारा खटिएकाे टाेलीले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार कार्यालयभित्र जुवातास खेली रहेकाे अवस्थामा त्यहाका कर्मचारीसहित दश जनालार्इ पक्राउ गरेकाे छ।

प्रहरीले उक्त कार्यालयबाट १ बुक ताससहित ४७ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धर्मराज मगर, चित्रबहादुर मगर, रबिन्द्र थापा, रेवती कुमारी कार्की, प्रदीप कार्की, सन्तोष थापा रहेका छन्। त्यस्तै पक्राउ पर्नेमा कृष्ण तामाङ, राजु मगर, सुनिल कार्की, हरिबहादुर सिंह रहेका छन्।

त्यस्तै जडिबुटीबाट पनि प्रहरीले ५ जुवाडेलाई पक्राउ गरेको छ। प्रेम श्रेष्ठको घरमा जुवा खेरिहेका व्यक्तिहरुलाई ६ बुक तास र ३६ हजार ७ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा विजय नगरकोटी, सरोज श्रेष्ठ, सुजन खड्का, प्रकाश तामाङ र मिलन मोक्तान छन्।

 


  •  
  •  
  •