दुर्इ जिल्लाबाट ५ लागुऔषध काराेबारी पक्राउ

317
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : दुर्इ जिल्लाबाट प्रहरीले ५ लागुऔषध काराेबारीलार्इ पक्राउ गरेकाे छ। सुनसरी र झापाबाट प्रहरीले उनीहरुलार्इ औषधसहित पक्राउ गरेकाे हाे।
लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काकडभिट्टाको प्रहरी टोलीले लागुऔषधसहित भारत पानीट्याङ्की बजारबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगरका किशोर सहनीलाई ७ पिस नाइट्रोसन ट्याब्लेट तथा झापा विर्तामोड नगरपालिका- ८ बस्ने बिन्नी राय क्षेत्री र प्रतिक प्रसाईंलाई १ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेकाे हाे। तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ
त्यस्तै सुनसरी धरान उपमहानगरपालिका ११ शिवजी चोकबाट लागुऔषध विक्रीमा संलग्न धरान- ११ का विक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेशकुमार राईलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरूलाई लागुऔषध खरिद विक्री गर्दै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भुजेलले बोकेको झोलाबाट ३ सय ४४ पिस नाइट्रोसन ट्याब्लेट, १ सय ३२ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल र ५४ एम्पुल टिडिजेसिक (डाइजेल्याप, लुपिजेसिक, एभिल) इञ्जेक्सन बरामद भएको छ।

 


  •  
  •  
  •