एक खुट्टाले नाच्ने रोमा न्यौपाने दाेश्राे पटक प्रहरीकाे फन्दामा

418
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : एक खुट्टाले नाचेर संसार हल्लाउन सफल भएकी रोमा न्यौपाने दाेश्राे पटक प्रहरीकाे फन्दामा परेकी छिन। यसअघि उनीलार्इ प्रहरीले गत फागुन १२ गते पक्राउ गरेकाे थियाे तर त्यतिखेर प्रहरीसँग उनी डाँटेर फुत्किन सफल भएकी थिइन्। रोमा प्रहरी प्रशासनकाे नजरमा फरार अभियुत्त हुन्।

रोमा विरुद्ध २०७२ सालमा तीन जना ब्यक्तिले जिल्ला अदालतमा काठमाडाैँमा ठगी मुद्दा दर्ता गराएका थिए। अदालतले राेमालार्इ उक्त मुद्दामा दाेषी ठहर भएकाे फैसला गरेकाे थियाे। त्यसयता देखि उनी फरार नै रहेकी थिइन्।

तर गत फागुन १२ गते प्रहरीले राेमालार्इ पक्राउ गरेपछि राेमाले प्रहरी समक्ष म अदालत जान्छु भनेपछि प्रहरी छाेडेकाे थियाे। राेमालार्इ भने पीडितकै अाग्रहमा प्रहरीले छाेडेकाे थियाे।

राेमा अदालतमा अाफै उपस्थित नभएपछि उनलार्इ पुन: प्रहरीले उनकै घरबाट पक्राउ गरेकाे महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी माेहन थापाले अाेएनएस न्युजलार्इ बताए।

२०७२ साउन १९ मा कोहिनुर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले रोमाविरुद्ध साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरेका थिए । ठमेलमा भीएडी अर्थात ‘भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज’ नामक संस्था खोलेर रोमा र उनका श्रीमान चिरञ्जीवी पोख्रेलले त्यसमा लगानी गर्न सार्वजनिक विज्ञापन गरेका थिए ।

लगानीको अवसर ठानेर कोहिनुरलगायतका तीनै जनाले रोमालाई पैसा दिएका थिए । रोमाले आफ्नो संस्थाबाट भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारीजस्तै संस्था पनि चलाएकी थिइन् । तर उक्त संस्था कहीँकतै दर्ता थिएन, तर त्यसले सहकारीको बचतकर्ताकै शैलीमा बचत पुस्तिका वितरण गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले घटनामाथि अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालयले २०७२ साउन १५ मा रोमा दम्पतीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । ठगीमाथि अनुसन्धानका क्रममा प्रहरीले २०७२ वैशाखमा ठमेलबाट रोमाका श्रीमान चिरञ्जीवीलाई पक्राउ गर्यो भने रोमा फरार नै रहिन् ।

जिल्ला अदालतले २०७३ पुस २६ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनायो । फरार घोषित गरिएपछि पनि रोमा विभिन्न सार्वजनिक समारोहमा देखा पर्दै आएकी थिइन् ।

 

काठमाडौं जिल्ला अदालतस्रोतका अनुसार न्यायाधीश कृष्ण कोइरालाको इजलासले गत पुस २६ गते उक्त ठगी मुद्दामाथि आंशिक दाबी पुग्ने भन्दै अन्तिम आदेश जारी गरिसकेको छ।

रोमाले आफूलाई किर्ते कागज, छाप र चलानीका आधारमा फसाउन खोजिएको दाबी गरिन् । उनले आफूलाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउँदै भनिन्, ‘म साक्षी बसेकै कारण मलाई फसाउन खोजियो । दु:ख दिने काम भएकाे राेमाले बताइन्।

को हुन् रोमा ?

२०७२ सालमा नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड पाएकी रोमा नृत्य र अभिनयका क्षेत्रमा ख्याती कमाएकी कलाकार हुन् ।

८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एउटा खुट्टाकै भरमा कुशल नृत्य गर्न सक्ने भनी चर्चित भइन् ।

टेलिफिल्म र म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा देखाएकी उनले पछिल्ला वर्षमा देश(विदेशमा हुने स्टेज सोहरूमा नृत्य प्रस्तुत गर्ने गरेकी छन्


  •  
  •  
  •