गोरु काटिरहेको अवस्थामा रगेंहात ६ जना पक्राउ

320
  •  
  •  
  •  

Nepal Live

काठमाडौं, १७ चैत (ओएनएस) : गोरु काटिरहेको अवस्थामा ६ जनालार्इ रगेंहात पाँचथर प्रहरीले गरेकाे छ। फिदिम नगरपालिका–४ स्थित देउकुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेका हाे।

फिदिम नगरपालिका–४ सालघारी का ३४ वर्षीय देउकुमार, ३३ वर्षीय सन्तबहादुर तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङजा घर भई फिदिम ९ लुम्फाबुङ बस्ने ३७ वर्षीय सुशिल विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सबैलाई नियन्त्रणमा राखी आवश्यक कानुनी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


  •  
  •  
  •