ञ्चायतमा बालक मार्ने ड्रार्इभर गणतन्त्रमा पक्राउ

74
  •  
  •  
  •  

काठमाडौं १५ साउन ।
एक १३ वर्षीय बालकलार्इ किचेर मारेपछि फरार भएका एक अभियुक्तलार्इ प्रहरीले ३१ वर्षपछि पक्रन सफल भएको छ । २०४१ जेठ ३१ गते बिहान तत्कालिन भक्तपुर नगर पञ्चायत-३ गरुड कुण्डलमा बा.अ.त १०६ नम्बरको ट्रयाक्टर पावर ट्रिलरले सोही स्थानका तेज कुमार कोजुका १३ वर्षीय छोरा कृष्ण गोपाल कोजुलाई किच्दा घटनास्थलमै मृत्यू भएको थियो ।

सोही घटनामा संलग्न सवारीका चालक भक्तपुर नपा-१, तौलाक्षे बस्ने ४८ वर्षीय भिम प्रसाद गोजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घटनाको ३१ वर्षपछि बिहीबार दुवाकोटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलार्इ फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ । उनलार्इ सवारीज्यान मुद्दामा २ वर्ष कैद र जरिवाना गर्ने फैसला भक्तपुर जिल्ला अदालतले २०६० फागुन १३ गते गरेको थियो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •