महिनाैदेखि बलात्कार गर्दै अाइरहेकाे आरोपमा हजुरबुवा पक्राउ

632
  •  
  •  
  •  

काठमाडाैं, १५ असाेज (अाेएनएस) : दाङमा महिनाैदेखि नातिनीलाई बलात्कार गर्दै अाइरहेकाे आरोपमा हजुरबुवा पक्राउ पक्राउ परेका छन् । लमहीमा १२ वर्षीया नातिनी नाम परिर्तन रामालाई बलात्कार गरेको अभियोगमा ६८ वर्षीय हजुरबुवा पक्राउ परेका हुन् ।

नातिनी बलात्कार गरेको अभियोगमा हुजुर बुवा नाम परिर्तन हरिलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

ललाई फकाई गरी महिनाैदेखि करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएको छ । सोमबार अदालतमा करणी मुद्दा दर्ता गरी कारवाही प्रकृया सुरु गरिएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

पर्वत, १५ असोज । मोदीगाउँपालिका १ भूक देउरालीमा एक बालिका बलात्कृत भएकी छन् । असोज १३ गते शनिबार राति १२ वर्षीया बालिका भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालबाट बलात्कृत भएकी हुन । छन्त्याल बलात्कार गरी फरार भएका छन ।

घरको कोठामा बसेर पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनी पीडितका अआइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्याल बलात्कार आरोपी घटनापछि फरार रहेका छन् । उनको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन ।


  •  
  •  
  •