इन्काउन्टरकाे नाम लिएपछि डराए ब्यापारी, काठमाडाैँमै फेला पर्‍याे लाखाैँकाे पटका

494
  •  
  •  
  •  

काठमाडाैं, १२ कात्तिक (अाेएनएस) : काठमाडाैँमै प्रहरीले लाखाैँकाे पटका बरामद गरेकाे छ। खेलौना (गुडिया) व्यापारको आवरणमा पटका कारोबार गर्ने दुर्इ जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा सर्लाही कविलासी–७ का २४ वर्षीय अशोककुमार साह र ३८ वर्षीय नन्दलाल साह रहेका छन् ।

प्रहरीले ७० लाख मूल्यबराबरको विस्फोटक पदार्थ (पटका) बरामद गरेको हाे । प्रहरीले विशेष सूचनाका आधारमा ती दुवै ब्यापारीलार्इ पक्राउ गर्न सफल भएपनि पटाका फेला पर्न हम्मे पर्‍याे । पक्राउ परेका ती दुवैले गोदाम देखाउन मानेनन् । प्रहरी झुक्याउन उनीहरूले विभिन्न ठाउँ लिएर गए ।

दिनभरजसो घुमाएपछि प्रहरी हैरान परे । तर, प्रमाण फेला परेन । हौसिएका दुवै प्रहरी नियन्त्रणबाट मुक्त भइने आशामा थिए । यही क्रममा अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले विस्फोटक पदार्थ नदेखाएर इन्काउन्टर गरिदिने धम्की दिए । डराएका ब्यापारी नन्दलाल त्यसपछि सबै कुरा खाेले। उनले प्रहरीलाई न्युरोडस्थित आफ्नो गोदाममा लिएर गए । उनैको सूचनाका आधारमा अशोककुमारकोे पनि गोदाम फेला पर्‍यो ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले आइतबार दिउँसो उनीहरूलाई न्युरोडबाट पक्राउ गरेको हो । छुट्टाछुट्टै रूपमा सञ्चालित उनीहरूको गोदामबाट छापा मारी प्रहरीले ७ सय केजी पटका बरामद गरेको छ । तिहार र छठ पर्वलाई लक्षित गरी उनीहरूले गत असारमै पटका काठमाडौं भित्र्याएका थिए । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले बरामद पटका अहिलेसम्मकै ठूलो परिमाणको भएको बताए ।


  •  
  •  
  •