सिरियल ठग कोइराला बाउन्स चेक दिएपछि परे प्रहरीकाे फन्दामा

426
  •  
  •  
  •  

काठमाडौं, ७ कार्तिक (ओएनएस) : सिरियल ठग दिनेश कोइराला बाउन्स चेक दिएपछि प्रहरीकाे फन्दामा परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले कोइरालालाई मंगलबार बिहान बालुवाटारबाट पक्राउ गरेको हो ।

कोइरालाले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका १ खोटाङका श्याम खड्काबाट १९ लाख लिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जापान पठाउन नसकेपछि कोइरालाले खड्कालाई दिएको १९ लाखको चेक बाउन्स भएपछि बैंकिङ कसुरमा उनलार्इ पक्राउ गरिएकाे महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।

पीडितहरुले आफू ठगीमा परेको उजुरी गरेपछि अपराध महाशाखाको टोलीले कोइरालालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको हाे।

विभिन्न व्यक्तिहरुलाई पैसा डबल हुने, व्यापार व्यवसायमा शेयर दिने, सस्तो मूल्यमा जग्गा जमिन मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर कोइरालाले ठगी गर्ने गरेकाे प्ररम्भिक अनुसन्धानबाट खुल्न अाएकाे प्रहरीले बताएकाे छ।


  •  
  •  
  •