श्रीमान श्रीमती नै लागूऔषध तस्कारी गर्दा परे प्रहरीकाे फन्दामा

445
  •  
  •  
  •  

काठमाडौं, १ कार्तिक (ओएनएस) : रूपन्देहीमा श्रीमान श्रीमती नै लागूऔषध तस्कारी गर्ने क्रममा प्रहरीकाे फन्दामा परेका छन्। भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको सम्मरीमाई गाउँपालिका २, का २५ वर्षीय ओमप्रकास हरिजन र उनकी श्रीमती २४ वर्षीया गोडिया हरिजनलाई लागूऔषधसहित पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्र मेउडिहवाबाट बुधबार पक्राउ परेका उनीहरूका साथबाट डाइजेपाम, फेनारगन र नुफिन बरामद भएका छन्।

मोटरसाइलक पछाडि बसेकी गोडियाको ब्याग खानतलासी गर्दा लागूऔषध बरादम भएपछि प्रहरीले तत्काल उनीहरुलार्इ नियन्त्रणमा लिएकाे थियाे ।


  •  
  •  
  •