सेनाको इतिहासमा अर्को ठूलो दुर्घटनाको टर्यो

151
  •  
  •  
  •  

काठमाडौं २८ माघ । नेपाली सेनाको इतिहासमा अर्को ठूलो दुर्घटनाको खतरा टरेको छ । राष्ट्रपति कार्यालयले हस्तक्षेप नगरेको भए सेनापतिकोख रोलक्रम नै तल माथि भइसक्ने थियो । माघ १६ गते सहित दिवसको दिन भावी सेनापतिमा नियुक्ति हुने चलखेलमाथि शीतल निवासले तेस्र्याइदिएको कानुनी अड्चन तगारो बन्न पुगेको हो ।

जंगी अड्डाको दोस्रो बरियताका जर्नेल पवनबहादुर पाँडेलाई नियम संशोधन गरी एक वर्ष म्याद थप्ने सेनापतिको रोलक्रममा हाल्ने योजना थियो । सोहीबमोजिम उनले सेवा अवधिका कारण अवकाश पाउने मुखैमा सैनिक ऐन २०६३ को अनुसूचि ३ दफा १७ को १.२.३ संशोधन गराउन खोजेका थिए । यसनिम्ति प्रधानमन्त्री र उनका निकट व्यक्तिहरुको समेत मन जिती सकिएको थियो ।

उक्त दफा लेफ्टिनेन्ट जर्नेलको उमेर र कार्याविधिमा सम्बन्धित छ । यदि त्यसमा संशोधन गर्न सकिएको भए माघ १८ गते घर नगाई उनी अहिलेकै दर्जामा अरु १ वर्ष कायम रहने थिए र सोहीबीच ६१ वर्षको उमेर अर्थात् ३ वर्षसम्म ढुक्कै सेनापति बन्न पाउँथे । यसो गर्दा ६ महिनापछि सेनापतिको रोलक्रममा रहेका राजेन्द्र क्षेत्रीको बाटो केही वर्षका लागि छेकिने थियो । जनआस्था साप्ताहिकबाट


  •  
  •  
  •