सीमामा गोली हानाहान, ५ सैनिकको मृत्यु

929
  •  
  •  
  •  

एजेन्सी । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा पाँच सैनिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन भारतीय र दुई पाकिस्तानी सैनिक रहेको जनाइएको छ ।

जम्बु कश्मीरको हाजी पीर क्षेत्रमा ३६ घण्टासम्म चलेको भिडन्तमा ति सैनिकहरु मारिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानी सेनाका प्रवक्ता आशीफ गफूरले दुबै क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भिडन्त भएको ट्विटरमार्फत जानकारी दिएका हुन ।

पाकिस्तानी सेनाले सो क्षेत्रमा सुवेदार सहित तीन भारतीय सैनिक मारिएको र भारतीय सैनिकको एउटा पोष्ट समेत नष्ट गरिएको जनाएको छ ।

भिडन्तमा केही सैनिक घाइते भएको बताइएको छ । पाकिस्तानका सेनाका एक सुवेदार र जवानको मृत्यु भएको छ । देवा क्षेत्रमा भएको भिडन्तमा पाकिस्तानी सैनिक मारिएका हुन । भिडन्तको बारेमा भारतीय सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।


  •  
  •  
  •