एकदिवसीय क्रिकेटको उपाधिको लागि आर्मी र एपीएफ भिड्ने

274
  •  
  •  
  •  

Mahesh Chhetri
महेश क्षेत्री शतक प्रहार गरेपछि

काठमाडौं, ९ चैत (ओएनएस)  : एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि दुई विभागिय टोली नेपाल आर्मी र एपिएफ भिड्ने भएका छन् । सोमबार पुल्चोक इन्जिनियरिङ खेलमा मैदानमा भएको सेमिफाइनल खेलमा आज बीरगञ्जलाई ७ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागिय टोली एपिएफको लागि अरिफ शेखले व्यक्तिगत ५ विकेट हात पार्दा बीरगञ्जको इनिङलाईलाई धरापमा पारेको थिए । टस जितेर पहिला ब्याटिङको निम्तो पाएको वीरगञ्ज ४२ दशमलब २ ओभरमा सबै विकेट गुमाउदा मात्र एक सय ३४ रनको योगफल तयार पारेको थियो ।

१ सय ३५ रनके लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रिएको विभागिय टोली एपिएफले प्रस्तुत लक्ष्य मात्र १८ औ ओभरमा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको थियो । खेलमा एपिएफका लागि सुवास खकुरेलले ७१ रनको पारी खेल्दा प्रदिप ऐरीले ३४ रनको योगदान गरेको थिए ।

यस्तै सोमबार नै कीर्तिपुर खेल मैदानमा भएको खेलमा अर्को विभागीय टोली नेपाल आर्मीले बैतडीलाई १ सय १८ रनले पराजित गर्दै फाइनलमा एपिएफसँगको भेट पक्का गरेकोे हो । आर्माीको जितमा महेश क्षत्री र अनिल मण्डलले सतकीय पारी खेल्दा बैतडीसामू ३ सय ३० रनको बिशाल लक्ष्य प्रस्तुत गरेको थियो । क्षत्रीले १३४ र मण्डलले १२८ रन जोडेको थिए ।

३ सय ३० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको बैतडी ३६ दशमलब २ ओभरमा सबै विकेट गुमाउदा मात्र २ सय ११ रन जोडेर अलआउट भयो । खेलमा नेपाल आर्मीका महेश म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा मंगलबार नेपाल आर्मी र एपिएफ बीच उपाधिको लागि भिड्न्त हुनेछ ।


  •  
  •  
  •