२६ दिनपछि खूल्यो पेशावरको विद्यालय, रूँदै छिरे विद्यार्थी

140
  •  
  •  
  •  

students-as-school-reopens-at-peshawarपेसावर, २८ पुस(एजेन्सी) : आतंकीहरूले आक्रमण गरी १ सय ४८ जनाको ज्यान लिएको पाकिस्तानको पेशावरको एक सैनिक विद्यालय २६ दिनपछि खुलेको छ । तालिबान आतंककारीहरुले आक्रमण गरी १ सय ३२ बालबालिकासहित १ सय ४८ जनाको ज्यान लिएपछि बन्द भएको विद्यालय आजदेखी पुनः सञ्चालनमा आएको हो ।

students-as-school-reopens-at-peshawar1पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले पत्नीसहित विद्यालयको भ्रमण गरेका थिए । उनले गेटमा बसेर विद्यालयका बच्चाहरू र उनका माता पितासँग मिलाएर उनीहरूलाई स्वागत गरेका थिए । विद्यालयको बाहिर कुनै विमानस्थलको जस्तै सुरक्षा व्यवस्था मिलाइएको थियो । २० सैनिक विद्यालयको मुख्य द्धारमा रहेका थिए । विद्यालयको चारै तर्फका पर्खाल अग्लो बनाइएको छ । यसका साथै पर्खालमा स्टिलको बार पनि लगाइएको छ ।

students-as-school-reopens-at-peshawar4गत १६ डिसेम्बर मा तहरिक-ए-तालिबानका सात आतंककारीले विद्यालयमा आक्रमण गरेर १ सय ३२ बालबालिकासहित १ सय ४८ जनाको ज्यान लिएका थीए । उक्त आतंकी हमलाले पाकिस्तानसहित पूरै विश्वमा हलचल मच्चाएको थियो ।

students-as-school-reopens-at-peshawar2उक्त आतंकी हमलापछि आज पहिलो दिन विद्यालय पुगेका बालबालिकाहरू विद्यालयको मूलद्धारमा पुगेपछि डाँको छोडेर रोएका थिए । आफ्नै आखाँ अगाडि आफ्नै साथीहरू गोली प्रहारबाट मारिएको देखेका उनीहरुले सो विद्यालयमा पहिलो दिन पुगेपछि मन थाम्न सकेनन् ।

students-as-school-reopens-at-peshawar3विद्यालयका एक छात्र शाहरूख खानको दुवै खुट्टामा गोली लागेको थियो । उनले आफ्ना ३० साथीहरू उक्त आक्रमणमा गुमाएका छन् । उनी एक्लै एउटा कक्षमा बसिरहेका थिए । यस्तै, उक्त आक्रमणबाट बचेका छात्र जाहिद अय्युबले आक्रमणपछि विद्यालय आउँदा आफूलाई डर नलागेको बताए । उनले भने, ‘म आक्रमणकारीहरूलाई भन्न चाहन्छु की हामी उनीहरूसँग डराउँदैनौ ।’


  •  
  •  
  •