तराईमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

125
  •  
  •  
  •  

presedent
काठमाडौं, ८ भदौ (ओएनएस) : राष्ट्रिपति विद्यादेवी भण्डारीले तराईमा सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालनका लागि यसअघि गरेको सिफारिसलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई स्वीकृति प्रदान गरिन् ।

स्थानीय तह सुरक्षा योजना ०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै अब सरकारलाई सेना परिचालन गर्न बाटो खुलेको छ । सरक्षा मन्त्रालयले पनि भोलिदेखि नै सेना परिचालन गर्ने तयारी गरेको छ ।


  •  
  •  
  •