सेनाले खोल्यो मुनक नहर, दिल्लीमा बेलुकादेखि पानी वितरण

198
  •  
  •  
  •  

काठमाडौँ, १० फागुन(एजेन्सी) ; जाट आन्दोलनका कारण दिल्लीमा पानी वितरण गर्ने बन्द मुनक नगर सोमबार बिहान सेनाले खुलाएको छ । समाचारमा जनाइए अनुसार नहर खुलाइएपछि आज बेलुकासम्म दिल्लीमा पानी वितरण पूरानो अवस्थामा फर्कने बताइएको छ ।

हिसार-क्याथलमा लगाइएको कर्फ्यु हटाइएको छ, भने प्रदेशका अन्य ठाऊँमा पनि आन्दोलनकारी घर फर्कन थालेका छन् । तर, राष्ट्रिय राजमार्ग नम्बर १० अहिलेसम्म पूर्ण रूपमा खोल्न सकिएको छैन् ।

समाचारमा जनाइए अनुसार सेना र सिआरपिएफका ६ कम्पनीहरू सोमबार बिहान ४ बजे मुनक नहर पुगेको थियो । यो टोलीले ४ घण्टा लगाएर नहरमा पानीको वितरण सुचारू गरेका थिए । भारत र पाकिस्तानबीच हुने भनिएको सम्झौता एक्स्प्रेसलाई सोमबारका लागि रद्द गरिएको छ । सोमबार दिल्ली र लाहोरको बस सेवा पनि बन्द रहने छ ।

बिजेपीले हरियाणा विधानसभाको आगामी संस्करणमा जाट कम्युनिटीलाई आरक्षण दिने उल्लेख गरेको छ । बिजेपीको हरियाणा शाखाका महासचिव अनिल जैनले आइतबार बेलुका सञ्चारमाध्यममार्फत जाट आन्दोलन अन्त्य गर्न जाट समाजलाई आन्दोलन बन्द गर्न आग्रह गरेका थिए । जैनले यस्तो निर्णय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको घरमा भएको बैठकपछि गरिएको थियो ।

बैठकमा जाट समाज र खापका नेता पनि समावेश थिए । बीजेपीले बेकैयाँ नायडूको अध्यक्षतामा पाँच सदस्यीय कमिटीको गठन गरिएको छ । यो कमिटीले आरक्षणका बिषयमा सुझाव दिने छ ।


  •  
  •  
  •