नदीमा डुबेर सैनिक जवान बेपत्ता, एक युवतीको जिवितै उद्धार

196
  •  
  •  
  •  

chandraकञ्चनपुर, ३ बैशाख(ओएनएस) : महाकाली नदीमा डुबेर एक नेपाली सेनाका जवान बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ निवासी दिदी जानकी भण्डारीको घरमा नयाँ वर्षमा भेटघाट गरेर फर्कने क्रममा हिजो अपरान्ह ४ बजे नेपाली सेनाका जवान दान सिंह बोहोरा नदीमा डुबेर बेपत्ता भऐका हुन् ।

बोहोरा दोधारा चाँदनी नगरपालिका वडा नं. ७, शुक्लाफाँटा वन्यजन्तु आरक्षको सीमा क्षेत्र हुँदै महाकाली नदी तरेर छोटो बाटो हुँदै शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रको बर्गौला पोष्टमा नदीमा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक कमल बडुवालले जानकारी दिएका छन् । गरूड दल गुल्म मझगाँउमा कार्यरत जवान बोहरा रुपेन्देही बुटवलका हुन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष बर्गौला पोष्टका आफ्ना साथीहरुलाई भेट्न छोटो बाटो प्रयोग गर्दा नदीमा डुबेको बताईएको छ ।

सशस्त्र प्रहरी बिओपी दोधारा चाँदनीका टोलीले नेपाली सेनाका बेपत्ता जवान बोहरा खोजी कार्यमा जाँदा दोधारा चाँदनी वडा नं. ७ निवासी चन्द्रा रानालाई बेहोस अवस्थामा महाकाली नदीको बगरबाट हिजो उद्धार गरेका छन् । उद्धारपछि बेहोस अवस्थामा रहेका चन्द्रालाई सकुशल घरमा पुर्याईएको छ । जवान बोहरा र चन्द्रा राना आफन्त रहेको बताईएको छ । सशस्त्र प्रहरी अनुसार नेपाली सेनाका जवान दान सिंह बोहरालाई पुर्याउन आधा बाटोसम्म चन्द्रा राना गएका थिइन् ।

नदी तर्ने क्रममा बोहोरा डुबेर बेपत्ता भएको देखेपछि चन्द्रा बेहोस भएकी थिइन् । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली आज पनि बेपत्ता जवानको खोजी कार्य गरिरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।


  •  
  •  
  •