पहिलो दिनमै भारतीय सेना प्रमुखले भने, पाकिस्तानलाई तुरून्त जवाफ दिइन्छ’

275
  •  
  •  
  •  

Army-chief-Gen-Dalbir-Singhकाठमाडौ, १६ साउन(एजेन्सी): आज जेनरल दलबिर सिंह सुहागले भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन् । उनले प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पाकिस्तानलाई चेतावनी समेत दिएका छन् ।

सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै पनि घटनाको तुरून्त जवाफ दिइनेछ । उनले भने, ‘म के भन्न चाहन्छु भने भविष्यमा हुने कुनै पनि घटनाको हामी निकै तिव्र र दह्रो जवाफ दिन्छौ ।’

नयाँ सेना प्रमुख दलवीर सिंहलाई पत्रकारहरूले भारतले गत जनवरीमा पाकिस्तानी सेनाले सिमामा नेक हेमराजलाई मारेको बदला कसरी लिनेछ भनि प्रश्न गरेका थिए ।

बिहिबार मात्र पूर्व सेना प्रमुख जेनरल विक्रम सिंहले भारतले पाकिस्तानलाई उक्त घटनाको बदला लिने बताएका थिए । यता सेना प्रमुख दलवीर सिंहले उक्त घटनाबारे केही निर्णय लिइसकेको बताएका छन् । उनीले कसरी र कोबाट भन्ने जस्ता प्रश्नको जवाफ भने दिएनन् ।


  •  
  •  
  •