उपरथीमा बढुवासँगै ईन्जिनियरिङ विभागको जिम्मेवारी

350
  •  
  •  
  •  

काठमाडौं— सरकारले नेपाली सेनाका प्राविधिकतर्फका सहायक रथी कमालसिंह प्रधानलाई उपरथीमा बढुवा गरेको छ।

मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गरेसँगै सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे।

प्राविधिक उपरथीमा पदोन्‍नति भएका प्रधानलाई ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ।


  •  
  •  
  •