नक्कली सशस्त्र प्रहरी पक्राउ

96
  •  
  •  
  •  

विराटनगर, १६ असोज (ओएनएस): सशस्त्रको घुमुवा प्रहरी हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले मोरङबाट पक्रेको छ ।

विराटनगर–२१ स्थीत  भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने विराटनगर–४ का २३ वर्षका कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भन्सार सुरक्षार्थ खटिएको टोलीले क्षेत्रीलाई पक्राउ गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक रामकुमार राईले जानकारी दिनुभयो । बुधबार बेलुका पक्राउ परेका उनको साथबाट  सशस्त्र प्रहरी बलको नक्कली परिचयपत्र र सवारी चालक अनुमति पत्रसमेत बरामद भएको छ ।


  •  
  •  
  •