अत्याधुनिक हतियारसहित दुई पक्राउ

318
  •  
  •  
  •  

काठमाडौं, २५ पुस (ओएनएस)  : सशस्त्र प्रहरी बलले काठमाडौंको बागबजारबाट शुक्रबार अत्याधुनिक हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी, महेन्द्रनगर–८ घर भई हाल काठमाडौं, सामाखुशी बस्ने २५ वर्षिय सागर थापा र रौतहट, रंगपुर–५ घर भई काडमाडौं बागबजार वस्ने २८ वर्षिय युवराज तिमल्सिना क्षेत्री छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले इटालियन पेस्तोल एक थान, नाइन एमएम पेस्तोल एकथान तथा सोको एक राउण्ड गोली र एउटा म्याग्जिनसहित पक्राउ गरेको हो ।

बरामद दुवै पेस्तोल अटोमेटिक टाइपका हुन । दुईवटा मध्ये नाइन एमएम पेस्तोल भने लोड रहेको अवस्थामा पाइएको थियो ।

विषेश सूचनाको आधारमा एपीएफ टोलीले निजहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र म्याग्जिनसहितै आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त सिंहदरबारमा बुझाइएको छ ।


  •  
  •  
  •