‘पदाधिकारी र संसदीय बोर्ड महाधिवेशनबाट निर्वाचित हुनुपर्छ’

293
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (ओएनएस) : नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीका सबै पदाधिकारी र संसदीय बोर्डका सदस्यहरु महाधिवेशनबाटै निर्वाचित हुनुपर्ने बताएका छन् ।

केसीले पार्टीमा सभापतिले हचुवाको भरमा उदारो पद बाँड्ने तथा बिनामापदण्ड आफूखुसी नियुक्ति हुने गरेको भन्दै निर्वाचित हुने व्यवस्था गर्न माग गरेका हुन् । पार्टीको १३ औं महाधिवेसन नजिकिर्दै गर्दा केसीले पर्चा नै बनाएर यी एजेण्डा सहित फेसबुक अभियान थालेका हुन् ।

केसीले आगामी महाधिवेसनमा आदिवासि, जनजाति, दलित, मधेसी लगायतको सहभागिता व्यापक बनाउन केन्द्रीय समितिको आकार समेत थप्नुपर्ने बताएका छन् । कांग्रेस महधिवेशन नजिकिदै गर्दा विभिन्न व्यक्तिले आफ्नो दावब रहेको पद सार्वजनिक गरिरहे पनि केसीले भने कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा खुलाइका छैनन् ।

१२औं महाधिवेसन अघि पार्टीका सह–महामन्त्री तथा प्रवक्ता समेत रहेका केसीले १२औं महाधिवेसनमा संस्थापन पक्षबाट महामन्त्री पदको उम्मेदवार बन्ने इच्छा देखाएका थिए । संस्थापनबाट केन्द्रीय उम्मेदवार नबनाएपछि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका केसीले खुल्ला २५ जनाको चुनावमा दोस्रो धेरै मत प्राप्त गरेका थिए ।

Parcha arjun


  •  
  •  
  •