समानान्तर सरकार बनाउने प्रचण्डको धम्कि गैरजिम्मेवार : केसी

193
  •  
  •  
  •  

arjunकाठमाडौ, ३ फागुन (ओएनएस) : नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस सहमतिमै संविधान जारी गर्ने पक्षमा रहेकोले समानान्तर सरकार गठन गर्ने जस्तो गैरजिम्मेवार र बोली फेर्ने कुरा प्रचण्डले गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता केसीले वार्ताबाट निकास खोज्ने उद्देश्यले नै संविधानसभाको बैठक स्थगित गरेको र पछिल्लो समयमा तुलनात्मक रुपमा वार्ताको वातावरण बनेको भन्दै मुडभेडमा मुलुकलाई लैजान आन्दोलनका कुरा नगर्न आग्रह गरे ।

उनले लोकतान्त्रिक विधि मान्छु भन्ने एमाओवादीले प्रक्रिया नमान्ने भन्न कुरा विरोधाभाषपूर्ण रहेको तर्क गर्दै सहमतिको लागि वार्ता सुरु गर्नु पर्ने बेला समानान्तर सरकार निर्माण जस्तो कुरा गर्नै नहुने बताए । केसीले भने ‘सहमतिको लागि उपयुक्त समय छ, एमाओवादीले जातीय राज्यको कुरा गर्नु हुँदैन र मधेशवादी दलले तराई मधेश अलग पार्ने चर्को कुरा गर्नुहुँदैन ।’

केसी जातीय राज्य स्विकारेर नेपाली काँग्रेसले कहिकतै हस्ताक्षर नगरेको स्पष्ट पारे । केसीले भने, ‘संघीयता बनाउन पहिचानका पाँच र सामथ्र्यका चार आधारहरु पहिला नै तय भईसकेका छन् । त्यसको आधारमा संघीयता बनाउने हो । जातीय आधारमा संघीयता हुँदैन । अल्पमतले बहुमतमाथि शासन गर्ने खालको संघीयता बनाएर द्वन्द्वको विउ नरोपौँ ।’

नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले माघ ५ गते सहमति भईसकेको अवस्थामा छलफल गरेर आउछु भनेका प्रचण्डले भोली हुँदैन भनेको , विजयकुमार गच्छदारको प्रस्तावमा छलफल गरांै भन्दा नमानेको उल्लेख गर्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई बोली नफेर्न आग्रह गरे ।

उनले भने–‘प्रचण्डजी दोधारे कुरा गर्नु हुन्छ, अब पहिला एमाओवादीले आफ्नो गन्तब्य पहिल्याउनु पर्छ । कहिले संयूक्त राष्ट्र संघ गुहार्छु भन्ने कहिले समानान्तर सरकार गठन गर्छु भन्ने जस्तो गैर जिम्मेवार कुरा गर्नु हुँदैन । यसले यदि कसैलाई घाटा गरेको छ भने स्वयम प्रचण्डलाई गरेको छ, साख गिराउने काम गर्नु हुन्न ।’

राप्रपा नेपालका प्रमुख सचेतक दिननाथ गिरीले संविधानसभामा कसैको पनि स्पष्ट बहुमत नभएको अवस्थामा सहमति हुन नसक्ने भएकोले प्रक्रियामा गएर संविधानजारी गरौ भन्दा नगरेपछिअ बको सबैभन्दा उपयूक्त विधी जनमतसंग्रह भएको बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष् ाचित्रबहादुर केसीले संघीयता नेपालीको एजेण्डा नभएकोले सहमति बन्न नसकेको दावी गर्दै जातीय संघीयतामा जाँदा यूगान्डा र लिवियाको हालत के भएको छ भनि प्रश्न गरे ।


  •  
  •  
  •