कांग्रेसकै नेताले गरे सरकारको आलोचना, भन्छन् : सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गर्याे

168
  •  
  •  
  •  

arjunनुवाकोट, १० माघ (ओएनएस)  :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संबिधान जारी गर्न असफल भएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् केसीले सरकार गठनको एक वर्षको उपलब्धिमा झिना/मसिना प्रसङ्ग उल्लेख गरेको भन्दै मुख्य लक्ष्य संबिधान जारी गर्न र मुलुकको भ्रष्टाचार निवारण गर्न सरकार असफल भएको आरोप लगाए ।

गणेशमान बलिदान अभियानमा सहभागि हुन नुवाकोट पुग्नुभएका भएका केसीले बर्तमान सरकारले कर्मचारीमा आफन्त भर्ति र पदीय नियुक्तीमा मोलमोलाई गरी राजनीतिक विकृति बढाएको भन्दै आफ्नै पार्टी नेतृत्वमा रहेको सरकारको आलोचना गरे ।

सरकारको नेतृत्व लिएको वर्षमा केही घण्टा पनि पार्टीको केन्द्रीय समितिको बैठक बस्न नसकेको भन्दै अहिलेको सरकार पार्टीको विधि तथा नीति भन्दा बाहिर रहेको टिप्पणी गरे ।

केही स्वार्थ बोकेका सीमिति व्यक्तिहरुले पार्टी सञ्चालन गर्दै आएको अरोप लगाउदै केसीले आसन्न माहाधिवेशनमा आफ्नो उम्मेदवार स्वच्छ व्यक्तिको हातमा नेतृत्वको लागि घुमाउरो शैलीमा सभापतिको दाबेदारी रहेको बताए ।


  •  
  •  
  •