कैलाली ५ मा आरजुलाई एमालेका नारदमुनिले हराए

237
  •  
  •  
  •  

काठमाडौँ, २४ मंसिर (ओएनएस) :कैलाली क्षेत्र नं. ५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी कांग्रेस उम्मेदवार आरजु राणालाई पराजित गर्दै एमालेका नारदमुनि राना विजयी भएका छन् ।

रानाले २७ हजार २०२ मत पाएका छन् भने राणाले २२ हजार ३२२ मत पाएकी छिन् ।

तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु रहे । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका थिए । उनले ६ हजार ४६४ मत ल्याए ।


  •  
  •  
  •