अर्घाभगवती विमान स्थलको शिलान्यास

144
  •  
  •  
  •  

रुपन्देही । अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माण कार्यको शिलान्यास गरिएको छ ।  विमानस्थलको एक कार्यक्रममकाबीच पुर्वउपप्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्यहरु चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, सन्धीखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने नागरिक उद्घयन प्रधिकरणका इन्जिनियर लगायत जनप्रतिनिधि राजनीतिक दलका प्रमुख स्थानीय बासिन्दा लगाएतको उपस्थिति रहेको थियोे ।

झण्डै ५ करोड ७० लाखमा लुम्बिनी अर्घाखाँची पुस्पा जेभीले उक्त बिमानस्थलको रनवे निर्माण गर्ने सम्झैता भएको छ । बुधबारबाट निर्माण कार्य शुरु भएको विमान स्थल २०७७ कात्तिक ५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । अर्घाखाचीबाट बिमान जडनको लागी भैरहवा आउनुपर्ने बाध्यातालाई यो विमानस्थल बनेपछि हट्नेछ ।


  •  
  •  
  •