अर्जेन्टिना कारबाहीमा

201
  •  
  •  
  •  

काठमाडौं, २८ असार (एजेन्सी) विश्व फुटबल महासंघ फिफाले खेलको नियम तोडेको भन्दै अर्जेन्टिनालाई तीन लाख स्वीस फ्रयांक जरिवानाको घोषणा गरेको छ ।

खेलपछि हुने पोष्ट म्याच कन्फरेनसमा कप्तान र प्रशिक्षक उपस्थित हुनुपर्नेमा अर्जेन्टिनाको प्रशिक्षक मात्र उपस्थित हुने गरेको भन्दै सो जरिवाना तोकेको हो । नाइजेरिया, स्वीट्जरल्याण्ड र बेल्जियमविरुद्धको खेलपछिको पोष्ट म्याच कन्फरेन्समा अर्जेन्टिनाका कप्तान अनुपस्थित थिए ।

कप्तान नभए उनको स्थानमा कुनै एक खेलाडी भए पनि उपस्थित हुनुपर्नेमा त्यसो पनि नभएपछि अनुशासन समितिले कारबाहीको निर्णय गरेको फिफाले जनाएको छ । नेदरल्याण्डविरुद्धको सेमिफाइनलपछि पनि अर्जेन्टिनाका प्रशिक्षक मात्रै प्रेस कन्फरेन्समा आएका थिए ।

फिफाले म्याच सुरु हुनुभन्दा एक दिनअघि र म्याच सकिएलगत्तै कन्फरेन्स गर्ने नियम लगाएको छ । जसमा हरेक टिमको एक खेलाडी र मुख्य प्रशिक्षक अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । अर्जेन्टिनाले सोही प्रावधान मिचेको फिफाको अरोप छ ।


  •  
  •  
  •