गेटपालेको मिलेमतोमा टेलिकमको तार चोरी, तीन जना पक्राउ

110
  •  
  •  
  •  

काठमाडौँ, २४ असार (ओएनएस): प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने ३ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट तार चोरी गर्ने नुवाकोटका दिवस प्याकुरेल, भारतका सायवकुमार साह र साहसीकुमार सहनीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो।

वृत्तका डीएसपी फणिन्द्र प्रसाईँका अनुसार टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा तीन लाख मूल्य बराबरको सामग्री बिक्री वितरण गर्दैगर्दा पक्राउ गरिएको हो। चोरी गरेको तार पगालेर तामा बनाउने भएकाले गेटपालेले कवाडी काम गर्ने व्यक्तिको मिलेमतोमा तार काट्न लगाएकोे अनुसन्धानमा खुलेको उनले जनाए।
प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ । पक्राउ परेकालाई सोमबारै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्त प्रमुख प्रसाईँले बताए।


  •  
  •  
  •