विप्लव निकट विद्यार्थी संगठनका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

461
  •  
  •  
  •  

काठमाडौं, २१ वैशाख : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष पक्राउ परेका छन्।

सरकारद्वारा प्रतिबन्धित पार्टीको गतिविधिमा संलग्न भएको भन्दै अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेम बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, जिल्लाको त्रिवेणी गाउँपालिका २ सिमु्रतुको एक होटलबाट बोहरालाई बिहीबार नै पक्राउ गरिएको हो।

बोहरालाई सार्वजनिक अपराध कसुर शीर्षक अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।


  •  
  •  
  •