२५ हजार घुससहित वडाध्यक्ष पक्राउ

571
  •  
  •  
  •  

काठमाडौं, १६ वैशाख (ओएनएस) : काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाअध्यक्ष सिल्टु मियालाई घुससहित पक्राउ गरेको छ।
सुनसरीको इटहरीस्थित आयोग कार्यालयबाट खटिइ गएको टोलीले २५ हजार घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

वडाअध्यक्ष मियाँलाई सेवाग्राहीसँग २५ हजार घुससहित उनको आफ्नै काठ मिलबाट नियन्त्रणमा लिइएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


  •  
  •  
  •