सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशकी पत्नी पक्राउ

350
  •  
  •  
  •  

उदयपुर, १५ कात्तिक : सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन् ।

न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप कीर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो।

ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए। सोमबार पक्राउ गरिए पनि अदालतबाट म्याद लिएपछि बुधबार मात्रै घटना सार्वजनिक भएको हो।

पक्राउ पर्नेमा ललिताका दाजुहरू बाबुराम चौहान र शिवशंकर चौहान तथा भाउजू बुनु चौहान पनि छन् । अर्की भाउजू भोजकुमारी फरार छिन् । उनीहरू चारै जनाको मिलेमतोमा कटारी–३ बाट गत असोजमा बाबु प्रकाशमानसिंह, आमा ललिताकुमारी र बाजे बलबहादुर राउत उल्लेख गरी नवजात शिशुको जन्मदर्ता बनाएको आरोप छ ।

कान्तिपुर दैनिकमा खबर छ ।


  •  
  •  
  •