श्रीमतीलाई वेश्यावृत्तिमा लगाउनेलाई ११ वर्ष कैद सजाय

303
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन : चितवनमा श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ।

माडी नगरपालिका–६ का राजु काफ्लेले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्दै परेको मुद्दामा चितवन अदालतले आइतबार ११ वर्ष कैद सजाय सुनाएको खबर नयाँपत्रिका दैनिकमा खबर छ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कैद सजायसँगै काफ्लेसँग ५५ हजार रुपैयाँ जरिवाना असुल गर्न र २५ हजार रुपैयाँ श्रीमतीलाई क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको छ।

श्रीमानले आफूलाई होटलमा राखी यौनसम्पर्क गराउन बाध्य पारेको भन्दै ती महिलाले १७ साउनमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्।

पीडित महिलाको पक्षमा मुद्दा लडेकी अधिकारकर्मी अघिवत्ता फूलमाया रानाभाटले मानव बेचबिखन तथा ओसारपसारऐन २०६४ को दफा ४ (ख) बमोजिम मद्दा दर्ता भई ऐनको दफा १५ (ख) बमोजिम ११ वर्षको कैद सजाए भएको जानकारी दिइन्।

मानव बेचबिखनअन्तर्गत १० वर्ष र संरक्षकको हैसियमा रहने श्रीमानबाटै उक्त जघन्य अपराध भएको ठहरभई थप एक वर्ष गरी ११ वर्ष कैद सजाए भएको उनको भनाइ छ।

 


  •  
  •  
  •