मृगौला तस्करीमा संलग्न तीनजना पक्राउ

148
  •  
  •  
  •  

काठमाडौँ, १४ पुस (अाेएनएस) : प्रहरीले मृगौला तस्करीमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

जागिरको प्रलोभनमा पारेर भारत र्पुयाई मिर्गौला झिकेर बिक्री गर्ने गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले बिनुबहादुर तिमल्सिना, प्रकाश बस्नेत र भीमप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो ।

महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार उनीहरूले गोरखाका दीपक नेपालीलाई जागिर लगाइदिने भन्दै भारत र्पुयाएर मृगौला झिकेका थिए ।
मृगौला तस्करीमा संलग्न अन्य २ जना फरार रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •