७ किलोग्राम सुनसहित गाडी चालक पक्राउ

164
  •  
  •  
  •  

काठमाडौँ, १४ पुस (अाेएनएस) : राजधानीको कलंकीबाट ७ किलोग्राम सुनसहित गाडी चालक पक्राउ परेका छन् ।

बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीका चालक सिन्धुपाल्चोक घर भइ स्वयम्भुमा बस्दै आएका कुसान लामालाई सुनसहित पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

१ किलोग्रामका ७ वटा ‘सुनको बिस्कुट’ बरामद गरिएको उनले जनाए । aरसुवाको गल्छीबाट काठमाडौँ आउँदै गरेको गाडी चेकजाँच गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •