काठमाडौँ, १३ पुस (अाेएनएस) : प्रहरीले १ अर्ब ६० करोड रुपैयाँ ठगी गरेर फरार रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेतलाई पक्राउ गरेको छ ।
सर्वसाधारणबाट सो रकम ठगेर फरार भएका बस्नेतलाई महानगरीय प्रहरी वृत्त महराजगन्ज र फैसला कार्यान्वयन एकाइको टोलीले मंगलबार राति धापासीबाट पक्राउ गरेको हो ।
फक्राउ परेका बस्नेत फरार अभियुक्त रहेको र उनले २ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए
बस्नेतले कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरूबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा तिर्न बाँकी छ ।
यसैगरी, प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकबाट २० करोड १ लाख, नबिल बैंकबाट १४ करोड ६ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिने तर, रकम भुक्तानी नगर्ने बस्नेतलाई अदालतले २ वर्ष कैदको सजाय सुनाएपछि फरार भएका थिए ।